१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ ०२, २०७७

सप्तरी – दाङ-बर्डफ्लु जोखिम हुन नदिन दाङमा पूर्व तयारी थालिएको छ । तयारी स्वरुप भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले बर्डफ्लु सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । जिल्लामा हालसम्म कुनै पनि बर्र्डफ्लुको संक्रमण नभए पनि सचेतनामुलक कार्यक्रम सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिए ।

नेपालका बर्डफ्लुको संक्रमण नदेखिए पनि भारतका केही स्थानमा देखिएकाले नेपालमा भित्रिन नदिनका लागि सरकारले पूर्व तयारी सुरु गरेको उनको भनाइ छ । “नेपाल पनि जोखिममा रहेकाले बर्डफ्लु संक्रमण भित्रन नदिन पूर्व तयारी सुरु गरिएको हो ।” प्रमुख केसीले भने । जिल्लामा पनि सरोकारवाला निकायसँग सहकार्य गरेर अगाडि बढिएको प्रमुख केसीले बताए । यसका बारेमा नागरिकलाई सचेतना जगाउन जरुरी रहेको उनी बताउँछन् । नागरिकलाई ढुक्क भएर मासु, अण्डा सेवन गर्न समेत उनले आग्रह गरे ।जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सबैले आ–आफनो जिम्मेवारी बहन गर्न सक्नु पर्ने बताए । सबैले आफ्नो स्थानबाट जिम्मेवारी बहन गर्न सकेमा रोगको संक्रमण हुन नसक्ने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बर्डफ्लुको जोखिम नभए पनि पूर्व तयारका लागि सचेतना कार्यक्रम आयोजना गरिएको बताए । रोगको संक्रमण हुन नदिनका लागि व्यावसायिक मर्यादा पालना गर्न समेत उनले आग्रह गरे । व्यवसायीहरुले आफ्नो व्यवसायसँगै नागरिकको स्वास्थ्यमा समेत ध्यान दिन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

जिल्लामाका सबै नाकाहरुमा कडाइ गरिएको उनको भनाइ छ । जिल्लामा रहेका भारतसँगका सीमानाकामा पशुपंक्षी आयातमा रोकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । देशका अन्य जिल्लाबाट पशुपंक्षी ल्याउने कार्यमा पनि कडाइ गरिएको उनको भनाइ छ । जोखिम हुन नदिनका लागि राज्यको तर्फबाट अगाडि बढिएको भन्दै यसका सबैको सहयोग हुनु पर्ने उनले बताए । सबैको सहयोगले मात्र रोग बर्डफ्लु भित्रन रोकिने उनी बताउँछन् ।
बसाइ सराइबाट आउने चराहरुबाट पनि रोगको जोखिम बढ्ने भएकाले यसतर्फ विशेष ध्यान दिन उनले आग्रह गरे ।
घोराही उप–महानगरपालिका पशु सेवा शाखाका खिमबहादुर बस्नेतले एक्लैले मात्र नहुने भएकाले सबैले आ–आफनो स्थानबाट सहयोग गर्नु पर्ने बताए । उनले क्वारेन्टाइन थप गरिनु पर्ने बताए । कोइलाबास, अमेलीया, गढवा, राजपुरमा क्वारेन्टाइन बनाउन आवश्यक रहेको बताए । तुलसीपुर उप–महानगरपालिकाका पशु सेवा शाखाका सुवास आचार्यले जैविक सुरक्षा अपनाएमा रोग नियन्त्रण गर्न सकिने बताए । यसतर्फ कृृषकहरुलाई सचेतना जगाउन आवशयक रहेको उनले बताए । आचार्यले जिल्लामा जोखिम नभएको भन्दै बाहिरबाट ल्याइने पशुपंक्षीलाई कडाइ गरिनु पर्न बताए ।

राप्ती गाउपालिकाका पशु सेवा शाखाका प्रमुख शेरबहादर हमालले आफूहरु सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष निमबहादुर बुढाथोकीले कृषकसँगै नागरिकलाई सचेतना जगाउन जरुरी रहेको बताए । सचेतना जगाउन सकेमा जोखिमबाट बचाउन सकिने उनको भनाइ छ । जिल्ला मासुको लागि आत्मनिर्भर रहेकाले अन्यत्रबाट मासु आयात रोक्न आवश्यक रहेको उनको भनाइ छ ।
देउखुरी कुखुरापालन समितिका अर्जुनकुमार अधिकारीले भारतबाट आयात हुने पशुपंक्षीमा कडाइ गरिनु पर्ने बताए । यसमा राज्यले ध्यान दिनु पर्ने उनको भनाइ छ । उनले कुखुरा तथा दानामा समेत एकरुपता हुन नसकेको बताए । आफूले उत्पादन गरेको वस्तुको मूल्य समेत कृषकले तोक्न पाउने अवस्था नरहेको अधिकारीले बताए । राज्यले स्पष्ट नीति बनाउन जरुरी रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]