०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – नेपाल अमात समाज कल्याण समिति सप्तरी युवा तदर्थ समितिमा रामकुमार राय चयन भएका छन् । नेपाल अमात समाज कल्याण समिति सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित सम्पन्न भेलाले युवा तदर्थ समिति गठन भएको हो ।

गठित समितिकोसह–संयोजकहरुमा माधव राय र अर्जुन मण्डल तथा सदस्य सचिवमा रवी राय सर्वसम्मतले चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा हरि किशुन राय, चन्दन राय, दिपक राय लगायत ३५ सदस्यीय चयन भएको जनाएको छ ।

नेपाल अमात समाज कल्याण समिति सप्तरीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष एवं छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्य नारायण मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा अमात जाति उत्थान र विकासका लागि योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मानित समेत गरिएको छ । स्व.हरि प्रसाद राय, स्व.धर्म नारायण राय लगायत २१ जना व्यक्तिहरुका पारिवारलाई सम्मान गरिएको जनाएको छ ।
लक्ष्मी प्रसाद रायले स्वागत मन्तव्य दिएको कार्यक्रमको संचालन रवि रायले गरेका थिए भने अनिल मण्डलले विषयवस्तुबारे स्पष्ट गरेका थिए |

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]