१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – रंगभेद एवं जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामका लागि रणनीति तय गर्न पुर्वमन्त्रीसमेत रहेका सत्तारुढ पार्टीका एक बेलायती सांसदले गठन गरेको समितिमा शिवजी श्रेष्ठ नियुक्त भएका छन्।बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद मारिया मिलरद्धारा गठित ‘द रिफरेन्स ग्रुप’ मा बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्षसमेत रहेका श्रेष्ठ नियुक्त भएका हुन्।

सांसद मिलरको नेतृत्वमा रहेको उच्चस्तरीय समितिमा स्थानीय बेजिङस्टोक काउन्सिलका मेयर डायनी टेलर, बेजिङस्टोक जिल्ला प्रहरीका प्रमुख चीफ इन्सपेक्टर क्यारेन म्याकमेनस, बेजिङस्टोक काउन्सिलका डेपुटी लिडर साइमन बाउन्ड लगायत सदस्य छन्।त्यस्तै, स्थानीय बेजिङस्टोक अस्पताल ट्रस्टका प्रमुख, एल्डवर्थ स्कुलका हेडटिचरका साथै जातीय विभेदविरुद्ध क्रियाशील समुदायका अगुवा समितिमा सदस्य छन्।समितिमा एसियन मूलका समुदायको प्रतिनिधित्व गर्दै श्रेष्ठलाई नियुक्त गरिएको सांसद मिलरको सचिवालयले जनाएको छ। बेजिङस्टोक मल्टिकल्चरल फोरमको अध्यक्षका हैसियतमा समितिमा उनको नियुक्ति भएको हो।कार्यक्षेत्रमा हुने जातीय विभेद सम्बन्धी अध्ययन र अनुगमन गरी यसको रोकथामका लागि रणनीति बनाउनु नै समितिको प्रमुख कर्तव्य रहने श्रेष्ठले बताए।कोभिड १९ महामारीबीच बेलायतमा अहिले शुरु भइसकेको कोभिड खोप वितरणमा अल्पसंख्यक समुदायको समान पहुँचका लागि समेत समितिले काम गर्ने उनले बताए ।पूर्वमन्त्री एवं हाल बेलायती संसद हाउस अफ कमनको महिला तथा समानता छनोट समितिका सभापति सांसद मिलरद्वारा गठित जातीय विभेदविरूद्धको समितिमा भएको नियुक्तिलाई आफूले एक अवसरका रुपमा लिएको श्रेष्ठले बताए।

‘बेलायतमा कुनै न कुनै रूपमा नियमितजसो उठ्दै र चर्चा आएको छ जातीय विभेदको मुद्दा। यहीँ मुद्दालाई अझ नजिकबाट हेर्ने, अध्ययन गर्ने र रोकथामका लागि आवश्यक नीति तर्जुमा गर्ने कार्यमा योगदान गर्ने कोशिश गर्नेछु’, श्रेष्ठले भने, ‘हाम्रै नेपाली समुदायका सदस्यमाथि हुने गरेका जातीय विभेदसम्बन्धी व्यवहार नियन्त्रणमा पनि विशेष पहल रहनेछ।’नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ बेलायतको नेपाली र स्थानीय दुवै समुदायमा सक्रिय रहँदै आएका छन्।विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको बेजिङस्टोक मल्टिकल्चर फोरमको नेतृत्व गरेका श्रेष्ठ लेबर पार्टीको बेजिङस्टोक कार्यसमितिमा पनि सदस्य हुन्।

अश्वेत, एशियन तथा अल्पसंख्यक समुदायसम्बन्धी विभागमा संयोजक समेत रहेका श्रेष्ठलाई केही महिनाअघि बेलायतको ह्याम्पसायर प्रहरीले आफ्नो सल्लाहकार बोर्डमा मनोनित गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]