११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन १५, २०७७

मोरङ कारागारका बन्दीको मृत्युपछि कोरोना संक्रमण पुष्टि, वीपीमा इटहरीका पुरुषको मृत्यु विराटनगर । मोरङ कारागारका एकजना बन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । कारागारका बन्दी सुनसरी इटहरी निवासी २७ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएपछि कारागारका अन्य बन्दी समेत जोखिममा परेका हुन् ।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई स्वास्थ्यममा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बुधबार राति मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेर परीक्षण गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको छ । कोशी अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारायण यादवका अनुसार अस्पताल ल्याउँदा जटिल समस्या देखिएका उनमा कोरोना संक्रमणको लक्षण रहेका कारण तत्काललै स्वाब संकलन र परीक्षण गरिएको थियो ।

यसैगरी इटहरी–६ का ५६ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । विराटनगरको विराट मेडिकल कलेजमा बुधबार भर्ना भएका पुरुषलाई अस्पतालले रिफर गरेपछि राती ९ः३० मा वीपीमा पु¥याइएको थियो । वीपीमा पु¥याएको १५ मिनेटपछि नै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी मोरङको उर्लाबारीका एक कोरोना संक्रमितको बिहिबार बिहान घरमै मृत्यु भएको छ । उर्लाबारी नगरपालिका – २ कि ८४ वर्षीया कोरोना संक्रमित बृद्धाको घरमै मृत्यु भएको हो।

बृद्धालाई दुई दिनअघि विराटनगरस्थित विराट मेडिकल कलेजबाट थप उपचार हुन नसक्ने भएपछि घर ल्याईएको थियो । अस्पतालमै पिसिआर परीक्षण गर्दा बृद्धमा कोरोना पोजेटिभ भेटिएको थियो । बृद्धालाई होम आईसोलेसनमा राखिएको थियो भने उनका परिवार होम क्वारेन्टाईमा बस्दै आएका छन् ।

बृद्धाको शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्ने उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सुरेश खड्काले जानकारी दिनुभयो ।आबर बिराटनगर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]