११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – चीन विश्वमा शक्तिशाली देशहरुमध्य एक हो । यसको सत्ता राष्ट्रपति शी जिनपिङले सम्हाल्दै आएका छन् । तर उनी आफ्नो व्यक्तिगत जीवन एकदमै गोप्य राख्छन् ।

उनी हरेक चिनियाँ खबरहरुको बारेमा नजर राख्छन् । त्यसैले उनकी छोरी मिंगजे सञ्चारमाध्यममा कमै मात्र सार्वजनिक हुन्छिन् ।उनकी छोरी राजनीति जीवनबाट धेरै टाढा छिन् । उनी एक लो प्रोफइल जीवन व्यतीत गरिरहेकी छन् ।उनी सन् २०१२ मा पहिलोपटक चर्चामा आएकी थिइन् । त्यसबेला उनको खबर अमेरिकी मिडियामा प्रकाशित भएको थियो ।जसमा लेखिएको थियो, ‘उनी चुपचाप हार्वर्ड युनिभर्सिटीमा अध्ययन गरिरहेकी छन् ।’ त्यसपछि सन् २०१५ मा उनी सार्वजनिक रुपमा देखिएकी थिइन् ।त्यो भन्दा अगाडि सम्म सामाजिक सञ्जालमा उनका एक दुई वटा मात्र तस्वीर पाइन्थे ।मिंगजेले हार्वर्डबाट साइकोलोजी र अंग्रेजीमा ग्रेजुएशन गरेकी छन् । भनिन्छ अहिले उनी चीन र अमेरिकाबीचको तनावका कारण स्वदेश फर्किएकी छन् ।

उनको जन्म २७ जून सन् १९९२ मा भएको थियो । उनी राजनीति भन्दा धेरै फेशनामा रुची राख्छिन् ।उनले हार्वर्ड युनिभर्सिटीबाट शिक्षा लिएकी छन् । शी जिनपिङ छोरी मिडियामा आओस् भन्ने चाहँदैनन् । उनकी आमा पेंग लियुआन एक चर्चित गायिका हुन् ।मिंगलाई चाइनिज बाहेक फ्रेन्च र अंग्रेजी भाषा आउँछ । उनी अध्ययनमा एकदमै रुची राख्दछिन् । उनी आफ्नो बुबाको बारेमा एक किताब लेख्न चाहान्छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]