०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – पोखरा नयाँ बजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको बाह्रौं वर्ष पुरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको छ । आफ्नो तेह्रौं वार्षिक उत्सवको अवसरमा संस्थाले शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

शिव सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवनको निर्माण सहयोगार्थ रु पच्चिस हजार आर्थिक सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद हुमागाईले बताए । सहकारीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरिएको बताइएको छ ।

एक कार्यक्रमकाबीच शिव सरस्वतीमन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माण समितिका सह-कोषाध्यक्ष राधे श्रेष्ठलाई सहकारी संस्थाका अध्यक्ष दुर्गा प्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु, कर्मचारीको उपस्थिती रहेको थियो । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्य गर्दै आईरहेकोे संस्थाका सचिव मगनलाल श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]