११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – युगाण्डामा लामो समयदेखि पदमा रहेका राष्ट्रपति योवेरी मुसेभेनी पुनः राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । युगाण्डाको निर्वाचन अधिकारीहरुले उनलाई विजयी घोषित गरेका हुन् । यद्यपि मुसेभेनीका प्रमुख प्रतिस्पर्धी बोबी वाइनले भने यो निर्वाचनमा सत्ताको दुरुपयोग गर्दै धाँधली भएको आरोप लगाएका छन् ।

युगाण्डाको निर्वाचन आयोगका अनुसार राष्ट्रपतीय निर्वाचनमा ५९ प्रतिशत भोट मुसेभेनीले पाएका छन् । प्रमुख प्रतिस्पर्धी वाइनले भने निर्वाचनमा ३५ प्रतिशत मत पाएको आयोगले बताएको छ । राष्ट्रपति मुसेभेनीले भने यो निर्वाचन युगाण्डाको इतिहासकै सबैभन्दा स्वच्छ निर्वाचन भएको दाबी गरेका छन् । प्रमुख प्रतिस्पर्धी वाइनले भने मुलुकमा इन्टरनेट पुनः सुरु गरिएसँगै निर्वाचनमा धाँधली भएको प्रमाणहरु सार्वजनिक गर्ने बताएका छन् ।

युगाण्डामा निर्वाचन हुनुभन्दा केही दिनअघि मात्र इन्टरनेट बन्द गरिएको थियो । यसलाई निर्वाचन निरीक्षकहरुले भने विरोध गर्दै आएका छन् । युगाण्डाका एक मन्त्रीले अब छिटै नै इन्टरनेट सेवा पुनः सुरु हुने बताएका छन् । राष्ट्रपतिमा उम्मेदवारी दिएका वाइनले भने आफ्नो परिवारका कसैलाई पनि सेनाले घरबाट बाहिर निस्किन नदिएको आरोप लगाएका छन् । साथै सबै सञ्चारकर्मी र अन्तर्राष्ट्रिय प्रतिनिधिलाई पनि आफूसँग भेट्न नदिएको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]