१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी संक्रमित एक किशोरीको मृत्यु भएको छ।

राजविराज नगरपालिका–१ चनौराकी १६ वर्षीया किशोरीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले बताए।

एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममै उनको ज्यान गएको डा. झाले बताए।

नौ वर्षअघि एचआइभी संक्रमणबाटै उनका बाबुआमाको मृत्यु भएको थियो। एचआईभी एड्सकै कारणले उनको पनि मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए।

उनकी आमाको २०६८ वैशाख १ गते एचआइभी एड्सबाट मृत्यु भएको थियो। त्यसको तीन दिनपछि बुवाको मृत्यु भएको थियो।उनका भाइ १२ वर्षीय बालक पनि एचआइभी संक्रमित हुन्। उनले नियमित औषधि खाने गरेको पारिवारिकजनले जनाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]