सप्तरी – नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७ सय २२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को उदयपुरमा २, खोटाङमा १, झापामा २३, ताप्लेजुङमा १, तेह्रथुममा २, मोरङमा १ सय ५०, संखुवासभामा १ र सुनसरीमा २३ जनामा कोरोना छ।
प्रदेश २ को धुनषामा ५, पर्सामा २४, बारामा १४, महोत्तरीमा ६, रौतहटमा ४, सप्तरीमा १५, सर्लाहीमा ६ र सिरहामा २२ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार २ सय ८० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २३, चितवनमा ८३, दोलखामा २, धादिङमा २३, नुवाकोटमा ११, भक्तपुरमा १ सय ९६, मकवानपुरमा ५५, रामेछापमा ३, ललितपुरमा १ सय ६२, सिन्धुलीमा १३ र सिन्धुपाल्चोकमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १३, गोरखामा ४, तनहुँमा ७, नवलपरासी पूर्वमा १६, पर्वतमा १, म्याग्दीमा ३, लमजुङमा १४, बाग्लुङमा १२ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश ५ को अर्घाखाँचीमा १०, कपिलवस्तुमा ७, गुल्मीमा २६, दाङमा २८, नलवपरासीमा २३, पाल्पामा ११, प्युठानमा ११, बर्दियामा २, बाँकेमा ७०, रोल्पामा २ र रुपन्देहीमा ९२ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ३, जुम्लामा ६, दैलेखमा १० र सुर्खेतमा १ सय २२, सुदूरपश्चिमको अछाममा ८, कञ्चनपुरमा ७, कैलालीमा १३, डोटीमा ८, दार्चुलामा १५, बझाङमा ५, बाजुरामा १ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये २१ हजार २ सय ३४ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ४ हजार ८ सय ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।