११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – रुसका विपक्षी नेता नभाल्नीलाई पक्राउ गरेकोमा अमेरिकाका नव-निर्वाचित राष्ट्रपति बाइडेनको टोलीले निन्दा गरेको छ ।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवम् विपक्षी नेता एलेक्सी नभाल्नीलाई प्रहरीले पक्राउ गरेको छ । जर्मनीमा उपचारपछि स्वदेश फर्केका ४४ वर्षका नभाल्नीलाई मस्को पुग्नासाथ प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । उहाँ पाँच महिनापछि स्वदेश पुग्नुभएको थियो ।

अमेरिकाको राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीले नभाल्नीलाई तत्काल रिहा गर्न माग गरेको छ । बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनित गरेका जेक सुलिभान, युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेललगायतले नभाल्नीको पक्राउलाई ‘अस्वीकार्य’ भनेका छन् ।

गएकाे अगस्टमा मस्को जाँदै गर्दा नभाल्नी विमानभित्रै बेहोस हुनुभएको थियो । उहाँलाई थप उपचारका लागि जर्मनी लगिएको थियो । फ्रान्सेली र स्विडिस प्रयोगशालामा गरिएको परीक्षणमा नभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ विष खानामा मिसाएर खुवाइएको पाइएको जर्मनीले बताउँदै आएको छ ।विमानस्थलमा नभाल्नीले आफूविरुद्ध लगाइएको जालसाजी मुद्दा झुटो रहेको दाबी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]