०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन १६, २०७७

प्रदेश न १ मा संचालन मा रहेको डाइनामिक एजुकेसन प्रा लिले बिगत लामो समय देखि नेपाल बाट बिभन्न देशमा उच शिक्षाको लागि बिद्यार्थी हरु लाई मोटो रकम कमाउने आस्वासनमा पारि मोटो रकम ठगि गरेको जिल्ला प्रहरी कार्यालय मोरंग ले जनाएका छन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार डाइनामिक एजुकेसन प्रा लि का संचालक प्रमोद सोनी ले आफ्ना विद्याथी हरु लाई अमेरिका ,अस्ट्रेलिया,क्यानाडा ,जर्मन ,यु एस ए ,जापान इत्यधि देशहरुमा पठाएको अनुसन्धान को क्रम मा खुल्न आएको छ ।

विराटनगर महेन्द्र चौकको डाइनामिक एजुकेशन कम्प्लेक्स प्रा.लि.का सञ्चालक विराटनगर–१३ निवासी प्रमोद स्वर्णकार (सोनी) लाई मोरङ प्रहरीले पक्राउ गरेको छ । अस्ट्रेलियामा आकर्षक रोजगारी दिलाउने भन्दै विराटनगर–३ का मनिस चौधरीसँग ३६ लाख ४० हजार रुपैँया ठगी गरेको आरोपमा सोनी बिहीबार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार सोनीलाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला अदालत बाट ५ दिनको म्याद थप गरि मोरंग प्रहरीमा अनुसन्धानका लागि थुनामा राखिएको छ । पीडित युवा मनिसका बुबा कुलदिप चौधरीले ठगि गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि सोनी फरार रहेका थिए । उनलाई प्रहरीले यस अगाडी नै पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी जारी गराईसकेको थियो ।

काठमाण्डौं इन्फोसिस एजुकेशन कन्सल्टेन्सी ग्लोबलको फ्रेन्चआईची लिएर प्रमोदले नेपाली विद्यार्थीबाट अधिक शुल्क असुलेर अस्ट्रेलिया पठाउँदै आएका थिए । युवायुवतीलाई पठाउने नाममा अकुत सम्पति आर्जन गर्ने मनसाय राखेका सोनीले हुण्डि कारोबार समेत गर्ने गरेको खुलेको छ । मनिसलाई अस्ट्रेलिया पठाउँदा समेत बीमा वापतको रकम हुण्डिमार्फत पठाउनु पर्ने भन्दै चारलाख रुपिँया लिएको खुलेको छ ।

अस्ट्रेलिया इन्टिच्यूट अफ हाइयर एजुकेशनमा ब्याचलर अफ विजेशन इन्फमेशन सिस्टम विषयको अध्ययनका लागि भन्दै पठाइएका मसिनलाई त्यहाँ धेरै समस्या परेको थियो । प्रमोदले पढाईसँगै मासिक तीनलाख रुपैँया आम्दानी हुने रोजगारीमा समेत लगाई दिने भन्दै पटक–पटक गरेर ३६ लाख ४० हजार रुपिँया असुलेर पठाएपनि पढाईसँगै रोजगारीमा समेत समस्या बेहोर्नु परेको थियो ।

दुईवर्ष अगाडी २०७५ फागुन १९ गते मनिसलाई अस्ट्रेलिया पठाइएको थियो । तर, त्यहाँ भने जस्तो काम र पढाई समेत संभव नभएपछि २०७६ कार्तिक १२ गते परिवारले फिर्ता ल्याएको उनका बुबा कुलदिप चौधरीले बताउनुभयो । अस्ट्रेलियामा बिजोग भएपछि घरबाटै पठाएको पैसाको भरात बसेका मनिसलाई फिर्ता ल्याउनका लागि ३ लाख ५० हजार रुपिँया समेत खर्च भएको थियो ।

छोरालाई फिर्ता ल्याएसँगै कानुनी उपचारको प्रक्रिया सुरु गरेपछि प्रमोदले पीडित परिवारलाई घरमै पुगेर धम्क्याउँदै आएका थिए । तत्कालिन समयमा गरिएको सम्झौता , आर्थिक कारोबार लगायतका प्रमाण जुटाएपछि उनी विरुद्ध उजुरी गरिएको हो ।
छोरालाई अस्ट्रेलिया पठाउन र त्यहाँ बिजोग भएपछि जीवन जोगाउन तथा फिर्ता ल्याउँदासम्म बुबा कुलदिपले आफ्नो नाममा रहेको दश कठ्ठा जग्गा समेत बिक्री गर्नु परेको गुनासो गर्नुभयो ।

प्रमोद सोनीले सञ्चालन गरेको डाइनामिक र केआईसी नामक कन्सल्टेन्सीबाट अध्ययन तथा रोजगारीका लागि भन्दै गएका धेरैको बिचल्ली बनाउने गरेको गुनासो गरिएपनि उनी यस अगाडीसम्म पक्राउ परेका थिएनन् । विदेश पठाउने प्रक्रिया मिलाउँदा पैसा नभएका अभिभावकको जग्गाजमिन समेत धितो राखेर हड्प्ने गरेको आरोप उनीमाथि रहेको थियो ।
पीडित बनेका कुलदिपले प्रहरी, वैदेशिक रोजगार विभाग, सम्पति सुद्धिकरण, राजश्व अनुसन्धान लगायतमा समेत उनी विरुद्ध उजुरी दिने तयारी गरेका छन् । सोनीले कोशी क्याम्पस समेत सञ्चालन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]