२४ पौष २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०५, २०७७

सप्तरी – चलचित्र उद्योगमा व्याप्त समूहवादको विरुद्ध बोलिरहेकी अभिनेत्री कंगना रनौतले हालै कलाकार हुनुको अर्को नकारात्मक पक्षबारे चर्चा गरेकी छिन् ।

उनले कलाकार हुनुको अर्को डरलाग्दो पक्ष भनेको नाइट सिफ्ट भएको भन्दै ट्‌विट गरेकी छन् । उनले लेखेकी छन्, “नेपोटिजम र मुभी माफियाभन्दा बाहेक एक कलाकार हुनुको अर्को डरलाग्दो पाटो भनेको नाइट सिफ्ट हो । जब सूर्यास्त हुन्छ तब तपाईं सुत्नुहुन्छ, तपाईंको शरीरको प्रक्रिया र खाद्य चक्र बिग्रन्छ । पहिलो केही रात मलाई भोक लाग्दैन र म हराएको महसुस गर्दछु । मेरो शरीरलाई यसको बानी हुने दिन पर्खिरहेको छु, ट्‌विटरमा के समाचार छ ?”भोपालमा नयाँ थ्रिलर चलचित्र ‘धाकड’ को छायांकनमा रहेकी उनले यो ट्‌विट गरेकी हुन् । रजनिश घई निर्देशित यो चलचित्रमा कंगनाले जासूसीको भूमिका निभाउँदै छिन् ।

चलचित्रबारे कंगनाले भारतीय चलचित्र उद्योगमा यो एउटा टर्निङ प्वाइन्ट हुने दाबी गरेकी थिइन् । किनकि यो एक महिला नेतृत्व एक्सन फिल्म हो जुन भव्य बजेटमा निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]