१० मंसिर २०८१, सोमबार
wait Please...
ओलिका चम्चा बेल्चाहरुलाई तह लगाएर छाड्छु :प्रकाश खतिवडा

प्रतिनिधि सभा विघटन विरुद्ध सप्तरीको महुलीमा बिरोध प्रदर्शन

नर्मदेव यादव

मंगलबार, माघ ०६, २०७७

नेपाल कम्युनिस्ट पार्टीका नेता प्रकाश खतिवडाले प्रधानमन्त्री ओलिको प्रतिगामी कदमले कम्युनिस्ट पार्टीलाई कम्जोर पारेको आरोप लगाए ।

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड( माधव समूह अग्निसाईर कृष्णासवरन गाउँपालिकाद्वारा सप्तरीको महुलीमा सोमबार आयोजित बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । खतिवडाले ओलिको बेल्चा चम्चा छिटै काम नलाग्ने भएर कवाडीमा पुग्ने समेत उद्घोष गरेका छ्न ।
नेपाल कम्युनिस्ट पार्टीलाई जनताले पाँच बर्ष ढुक्कसंग काम गर्ने अबसर दिए, खतिवडाले भने, खतिवडाले राजनैतिक संस्कार नभएका अराजक ब्याक्तीहरुबाट टाढा हुँदै जनताको प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलनमा गोलबद्व हुनुपर्ने बताए । प्रधानमन्त्री ओलिले यो अबसरलाई चुकाउदै संबिधानलाई आक्रमण गरि तीन बर्षमै प्रतिनिधि सभा विघटन गरे ।

प्रधानमन्त्री ओलिले जनभावाना माथी ठूलो चोट मात्र पुर्याएन कम्युनिस्ट पार्टीलाई समेत कम्जोर बनाएर छाडे, खतिवडाले भने, राष्ट्रघाती ओलिलाई आन्दोलनबाटै हटाएर छाड्छौ । नेता खतिवडाले प्रधानमन्त्रीको ओलिलाई आन्दोलनबाटै पदमुक्त गर्ने जिकिर गर्दै नेता खतिवडाले त्यसपछि उनको चम्चाबेल्चा आफै तह लाग्ने र कवाडीमा पुग्ने छ ।
नेपाल कम्युनिस्ट पार्टी निर्वाचन क्षेत्र नम्बर १ का संघर्ष समितीका सह संयोजक बेचन प्रसाद चौधरीले प्रदेश सभा सदस्य सत्य नारायण मण्डललाई जिताएर गल्ती भएको कुरा उल्लेख गर्दै पछुताउनु परेको बताए ।


चौधरीले ओलिको तानाशाही निरङ्कुशतालाई ठेगान नलगाएसम्म आन्दोलन जारी राख्ने समेत बताए । संघर्ष समितिका सदस्य सरोज भण्डारीले आन्दोलनकै बलमा प्रतिगामी ओलि सरकारलाई घोडा टेकाउने चेतावनी दिए । घोघिदाहाको खेल मैदानबाट निकालिएको बिरोध जुलुस महुली बजार पुगेर कोण सभामा परिणत भएको थियो । नेकपाको बिरोध ¥याली महुली पुलमा पुग्दा केहिबेर सवारी आगमनमा समेत कठिनाइ भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]