०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले डिजायरको नयाँ मोडेल सार्वजनिक गरेको छ । कम्पनीले भिएक्सआई र जेडएक्सआई दुई भेरियन्टको सेडान मोडेलका कार बजारमा ल्याएको छ ।

२०२१ डिजायरमा सेग्मेन्टमै पहिलोपटक आइडल स्टार्ट–स्टप टेक्नोलोजी (आइएसएस) भएको नेक्स्ट जेन के सिरिज इन्जिन, नयाँ इन्टेरियर र एड्भान्स्ड फिचर राखिएको सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले बताए । उनले भने, ‘स्टार्ट–स्टप फंक्सनसहितको के सिरिज डुअल जे, डुअल भिभिटी बिएस ६ पेट्रोल इन्जिनले नयाँ डिजायरलाई कम उत्सर्जन र उच्च माइलेजसहितको डिजायरेबल कार बनाएको छ ।’
यो गाडीमा आइएसएस फंक्सनसहितको नेक्स्ट जेन के सिरिज डुअल जेट, डुअल भिभिटी बिएस ६ इन्जिन राखिएको जनाइएको छ । यसले कम्प्रेसन रेसियो, कुल्ड इजिआर सिस्टम र पिस्टन कुलिङ जेट भएको नयाँ इन्जिन पहिलेको भन्दा परिष्कृत छ, जसले इन्जिनको कार्यक्षमता बढाउनुका साथै घर्षणलाई कम गर्ने हुनाले म्यानुअल ट्रान्समिसनमा यसको माइलेज २३.२६ किलोमिटर प्रतिलिटर रहेको कम्पनीको दाबी रहेको छ । । यो इन्जिनले ६ हजार आरपिएममा अधिकतम ६६ किलोवाट पावर उत्पन्न गर्ने कम्पनीले जनाएको छ । तल्लो बम्परमा प्रयोग भएको प्रिमियम सिंगल एपेर्चल फ्रन्ट ग्रिल र बोल्ड क्रोम एक्सेन्टले यो आकर्षक देखिने कम्पनीको दाबी छ । यसमा ट्विन पड मिटर क्लस्टर र नयाँ १०.६७ सेन्टिमिटरको मल्टी इन्फर्मेसन टिएफटी डिस्प्ले प्रयोग गरिएको जनाइएको छ ।

यो गाडीमा पर्याप्त स्पेस र उत्कृष्ट सुरक्षा व्यवस्था रहेको कम्पनीको दाबी रहेको छ । एजिएस भेरियन्टमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम र हिल होल्ड फंक्सन रहेकाले गाडी चिप्लनबाट बचाउनुका साथै उकालोमा रोकिनुपरेको अवस्थामा सहज रूपमा गाडीलाई पिक लिन मद्दत गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]