०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – पेट्रोलियम पदार्थको मूल्य समायोजनको विषयलाई राजनीतिक विषय नबनाउन नेपाल आयल निगमले सबैमा आग्रह गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई लिएर राजनीतिक पार्टी र तिनका भ्रातृ संगठनहरुले विरोध गरेपछि निगमले यस्तो धारणा सार्वजनिक गरेको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्याय पेट्रोलियम पदार्थको मूल्य समायोजनलाई राजनीतिक मुद्दाको विषय नबनाइ दैनिक उपभोग्य वस्तुको रुपमा हेरिनुपर्ने बताउछन् ।‘पेट्रोलियम पदार्थलाई राजनीतिक वस्तु र आन्दोलनको मुद्दा बनाइनु हुँदैन । यो त दैनिक उपभोग्य वस्तु हो,’ प्रवक्ता उपाध्यायले भने, ‘आम उपभोक्ताहरुले दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग गर्ने हुँदा यसलाई सोही विषय वस्तुको रुपमा हेरिनुपर्छ । नकी राजनीतिक मुद्दाको विषयमा ।’पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विषयमा प्रष्ट पार्दै प्रवक्ता उपाध्यायले भने, ‘निगमको स्वचालित मूल्य निर्धारण विधि अनुसार नै अहिलेको मूल्य समायोजन गरिएको हो । उता भारतबाटै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपाल आयाल निगमले पनि बाध्य भएर मूल्य वृद्धि गर्नुपरेको हो ।’उपाध्यायका अनुसार गत डिसेम्बर १६ मा नै भारतीय आयल निगमले मूल्य बढाएर पठाएपनि निगमले मूल्य वृद्धि गरेको थिएन । तर पछिल्लो समय गत जनवरी १६ मा समेत थप मूल्य वृद्धि भएर आएपछि निगम बाध्य भएर मूल्य वृद्धिमा जानुपरेको हो ।यदि मूल्य समायोजनमा नगएको भए अर्धमासिक रुपमा निगमलाई करिब ६७ करोड ५५ लाख रुपैयाँ घाटा हुने देखिएको उपाध्यायले बताए । उपाध्यायले भने, ‘अहिलेपनि मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा, डिजेलमा २ रुपैयाँ ९६ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर १ सय ३४ रुपैयाँ ७२ पैसा घाटा छ ।’

निगमले पछिल्लो समय गत सोमबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा समान २÷२ रुपैयाँका दरले मूल्य वृद्धि गरेको थियो । सो मूल्य वृद्धिको निर्णय आएसँगै काँग्रेस निकट नेविसंघले विरोध गर्दै मूल्यवृद्धि फिर्ता नभए आन्दोलनको चेतावनी दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]