१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन १९, २०७७

सप्तरी,असोज १९ : प्रदेश नं. २ अस्थायी राजधानी जनकपुर क्षेत्रका एक अधिकारी सिडिओ बन्न सफल भएका छन् । गृहमन्त्रालयले धनुषा जिल्लाका रामकुमार महतोलाई कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएर पठाएका हुन । सीमाको उचित व्यवस्थापन गर्न नसकेको, क्षेत्राधिकार भन्दा बाहिर गएको अभिव्यक्ति दिएकोमा प्रजिअ नुरही खतिवडा प्रति असन्तुष्ट गृह मन्त्रालयले खतिवडाको ठाउँमा महतोलाई गृहमन्त्रालयले प्रजिअको जिम्मेवारी दिएर पठाएको हो ।
लोकसेवा आयोग मार्फत का. स. बाट राष्ट्र सेवा सुरु गरेका रामकुमार महतो सहसचिव बन्न सफल भएका छन । 
धनुषा जिल्ला स्थायी घर भएका ४१ वर्षीय महतोले चार वटा विषयमा मास्टर्स गरेका छन् । उनी का.स.बाट निजामती सेवा प्रवेश गरी सहसचिव हुन सफल अपवाद व्यक्ति हुन् ।४ ओटा विषयमा मास्टर्स गरेका महतो का.स.देखिको यात्रालाई सिडिओ, सहसचिवसम्मको यात्रालाई निरन्तरता दिएका छन् । सह सचिवमा नियुक्ती भएपछि उनले समाजिक सँजाल फेसबुकमा लेखेका छन् –  राष्ट्रसेवाको लागि पद मात्र ठूलो कुरा होईन । निष्ठापूर्वक सेवा र परिश्रम गर्दै गयो भने पद, प्रतिष्ठा र अवसर खोजी रहनु पर्दैन, आफैं आउँदो रहेछ , प्रजिअ महतोले सामाजिक सञ्जालमा लेखेका छन्, त्यति बेला मसँग एसएलसीको सर्टिफिकेट मात्र थियो, अहिले ४ वटा बिषयमा मास्टर्स (अर्थशास्त्र, समाजशास्त्र राजनीतिशास्त्र र जनप्रशासन  र एलएलबी ) गरी सहसचिव पदमा नियुक्त भएको हो।”
 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]