१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – चीनले विगत दुई वर्षदेखि गोप्य सर्वेक्षण जहाजको सहायताले भारतको जासूसी गरिरहेको भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको छ ।

जासूसी गर्ने क्रममा चिनियाँ जहाजले राडारमा नपर्नका लागि उपकरण बन्द गर्ने गरेको पत्रिकाले उल्लेख गरेको छ । इन्डोनेसियाका अधिकारीहरूले केही दिनअघि चीनको यस सर्वे जहाजलाई देशको जलसीमा नजिक समातेपछि यसको खुलासा भएको हो । यसअघि पानीमुनि चल्ने एक चिनियाँ जासूसी ड्रोन पनि इन्डोनेसिया सीमा नजिक भेटिएको थियो । सर्वे गर्ने जासूसी जहाजको नाम शियाङ याङ होङ हो । जहाज ६ जनवरी मा चीनको हाइनान टापुको सान्याबाट निस्केको थियो ।

जहाजलाई इन्डोनेसियाको कोस्ट गार्डले जनवरी ११ मा सुन्डा स्ट्रेट नजिक समातेको थियो । यो महत्त्वपूर्ण स्ट्रेट भएर जाने प्रत्येक जहाजले अटोमेटेड इन्फर्मेसन सिस्टम अन राख्नुपर्छ तर चिनियाँ जहाजले त्यो गरेन । इन्डोनेसियाको कोस्ट गार्डले सोधपुछ गर्दा चिनियाँ टोलीले सिस्टम खराब भएको बहाना बनायो । रक्षा वेबसाइट द ड्राइभको रिपोर्टअनुसार, जासूसी ड्रोनहरूबाट उपलब्ध सूचनाका आधारमा चीनका घातक पनडुब्बीहरू दक्षिण चीन सागरबाट सजिलै हिन्द महासागरसम्म पुग्न सक्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]