सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ ।
नेकपाको शक्ति प्रदर्शनपछि प्रचण्ड लैनचौर पुगेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । त्यहाँ पुन, प्रचण्ड र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एकै पार्टीमा रहेका प्रचण्ड र भट्टराईबीच ओलीलाई हटाउने विषयमा मत मिलेको छ । तर फरक फरक पार्टीबाट आन्दोलन गर्दा ओलीविरुद्ध शक्ति विकेन्द्रित भइरहेको उनीहरुले बताउँदै आएका छन् । भट्टराईले राति नै ट्वीटरमार्फत संयुक्त आन्दोलनका लागि आफूले पहल लिएको बताएका थिए ।