१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – ओलम्पियन, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरूको विगत छ महिनादेखि रोकिएको प्रोत्साहन भत्ता शुक्रबार पाएका छन्।

तथापि, तेह्रौं दक्षिण एसियाली खेलुकद (साग)का पदक विजेता खेलाडीले भने प्रोत्साहन भत्ताका लागि केही समय कुर्नुपर्ने भएको छ।युवा तथा खेलकुदमन्त्रीमा दावा तामाङ नियुक्त भएलगत्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रोत्साहन भत्ता नियमित हुनुपर्ने भन्दै छ बुँदे ध्यानाकर्षणपत्र पेस गरेका थिए। त्यसको एक महिना नबित्दै खेलाडीको खातामा रकम जम्मा भएको छ। ‘‘अघिल्लो आर्थिक वर्षसम्म प्रोत्साहन भत्ता पाउँदै आएका खेलाडीको बैंक खातामा रकम जम्मा भएको छ। यसका लागि आवश्यक पहल र निर्देशन दिनुहुने युवा तथा खेलकुदमन्त्री दावा तामाङ र राखेप सदस्यसचिव रमेश सिलवाललाई आभार व्यक्त गर्न चाहन्छौं,’’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। सरकारले राखेपमार्फत् ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुदका पदक विजेतालाई दिइँदै आएको प्रोत्साहन भत्ता विगत छ महिनादेखि रोकिएको थियो। अध्यक्ष श्रेष्ठले यसलाई आंशिक सफलताका रूपमा लिएका छन्।

‘‘गत वर्ष ऐतिहासिक सफलता दिलाउने ५१ स्वर्ण पदक विजेता भने यसपटक पनि नसमेटिएकोले यो सफलतालाई हामीले आंशिक रूपमा लिएका छौं,’’ अध्यक्ष श्रेष्ठले लेखेका छन्, ‘‘मन्त्रालयले प्रोत्साहन भत्ताका लागि कार्यविधि बनाउन समिति गठन गरिसकेको छ। त्यस कार्यविधिमार्फत् १३औं सागका पदक विजेतालाई समेटिने आश्वासन प्राप्त भएको छ। त्यसैले १३ औं सागका स्वर्ण पदक विजेतालाई निराश नभई आफ्नो प्रशिक्षणमा निरन्तर लाग्न आग्रह गर्दछौं।’’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]