०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – म्याग्दीको अन्‍नपूर्ण गाउँपालिका-३ दानामा दुई सय २० केभी क्षमताको विद्युत् सवस्टेसन निर्माण भएको छ।नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी कोरिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत दानामा सवस्टेसन निर्माण गरेको हो। म्याग्दी र मुस्ताङ जिल्लाका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न सवस्टेसन बनाइएको आयोजनाको बेनीस्थित कार्यालयले जनाएको छ।

आयोजना प्रमुख चन्दनकुमार घोषले दाना र पर्वतको खुर्कोटमा सवस्टेसन र प्रसारणलाइन निर्माण सकेर विद्युत् जोडी ट्रान्सफर्मर चार्ज गर्न थालिएको जानकारी दिए। दाना सवस्टेसनको स्विचार्डमा खुर्कोटबाट डबल सर्किटमा १३२ केभी क्षमताको विद्युत् जोड्ने कार्यको परीक्षण शुक्रबार राति सफल भएको छ। “यो सवस्टेसनमा सबैभन्दा पछिल्लो पटक विकास भएको अत्याधुनिक प्रविधियुक्त उपकरण जडान भएको छ,” आयोजना प्रमुख घोषले भने, “स्विचार्डमा जडित ट्रान्सफर्मर चार्ज भएपछि सवस्टेसन सञ्‍चालनमा आउँछ।”एसियाली विकास बैंकको सहयोगमा सन् २०१६ को ३० मे मा आयोजना निर्माण सुरु भएको थियो। ३९.६ किलोमिटर दूरीको दाना-खुर्कोट प्रसारणलाइन र सवस्टेसन निर्माण गर्न टाटा-चिन्ट इलेक्ट्रिक जेभीले दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का लिएको थियो। एक सय १० वटा टावर बनाएर डबल सर्किटको तार तानिएको आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयालले बताए।जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, जग्गाधनीसँगको विवाद, बाढी र पहिरोका कारण लक्ष्यभन्दा दुई वर्ष ढिला गरी आयोजना निर्माण सकिएको हो। दानामा चारवटा स्वीचार्ड बनाइएको छ। पावर प्लान्ट र प्रशासनिक भवनको रङरोगन भइरहेको छ। कर्मचारी आवास र अतिथिगृहको भवन पनि निर्माणको अन्तिम चरणमा छन्। एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको सवस्टेसनको वरपर पक्की पर्खाल लगाएर घेराउ गरिएको छ।

स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले मोदी-चुवा-खुर्कोट हुँदै दाना सवस्टेसनमा लाइन जोडेर चार्ज गर्न लागिएको हो। दाना सवस्टेसनअन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दीखोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना चालु छन्। बयालीस मेगावाट क्षमताको मिस्ट्रिखोला परीक्षण उत्पादनको तयारीमा छ। सवस्टेसनका ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक ताराप्रसाद प्रधानले बताए। “खुर्कोट सवस्टेसनको चार्ज र परीक्षण सफल भयो,” उनले भने, “खुर्कोटबाट दाना सवस्टेसनसम्म एक सय ३२ केभी लाइनबाट विद्युत् पुगेको छ। त्यहाँको ट्रान्सफर्मर पनि चार्ज गर्ने तयारीमा जुटिरहेका छौँ।”

नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्म एक सय ४२ किलोमिटर प्रसारणलाइन निर्माण गर्ने लक्ष्यअनुसार खुर्कोटदेखि बर्दघाटतर्फ पनि प्रसारणलाइन निर्माण भइरहेको छ। कालीगण्डकी कोरिडोर प्रसारणलाइन आयोजनाले कालीगण्डकी र सहायक नदीमा विद्युत् विकासमा महत्त्वपूर्ण सहयोग पुग्‍ने अन्‍नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]