१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – नेपाल प्रेस युनियन सप्तरीको कार्यालय स्थापना भएको छ ।सदरमुकाम राजविराजमा स्थापना भएको कार्यालयको एक कार्यक्रमका बीच युनियनका महासचिव अजयबाबु शिवाकोटीले उद्घाटन गर्नुभयो ।

कार्यालय उद्घाटन गर्दै शिवाकोटीले युनियनको आफ्नै कार्यालय स्थापना हुनु खुशीको कुरा भएको बताउनुभएको छ । उहाँले यसले सप्तरी जिल्लाका साथीहरुलाई युनियनको गतिविधी संचालन गर्न थप मद्दत पुग्ने बताउँदै संगठनलाई थप सशक्त बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड् दिनुभयो ।सोही कार्यक्रममा नेपाली कांग्रेस जिल्लाका सचिव रामकुमार यादवले लोकतन्त्र र संघीयताको रक्षा गर्न पत्रकारले कलम चलाउनपर्नेमा जोड् दिनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमकाबिरुद्व पत्रकारहरुलाई निरन्तर खबरदारी गर्नुपर्ने उहाँले समेत जोड दिनुभयो ।उहाँले कांग्रेसले नै लोकतन्त्र र संघीयताको रक्षा गर्ने बताउँदै कांग्रेस लोकतन्त्रबिरुद्व कहिल्यै अघि नबढ्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ एवं प्रेस युनियनका केन्द्रीय सदस्य माधव चौलागाइँ, नेपाल प्रेस यूनियन सप्तरीका सस्ःथापक संयोजक गणेशलाल देव, सस्थापक कोषाध्यक्ष एवं नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, युनियनका केन्द्रीय पार्षद् एवं नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष मुरली प्रसाद यादव, युनियनका पुर्व जिल्ला अध्यक्ष ओमप्रकाश साह, सहितकाले मन्तव्य व्यक्त गरेका छन ।

युनियनका जिल्ला अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा महासचिव शिवाकोटी र केन्द्रीय सदस्य चौलागाइँलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]