०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन २०, २०७७

विराटनगर, २० असोज : प्रदेश १ मा अहिलेसम्मकै सवैभन्दा धेरै व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार एकैदिन ३३० जनामा कोरोना पुष्टि भएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १ सय ५ पुगेको छ ।

मंगलबार २४ घण्टामा ६६६ जनाको पीसीआर परीक्षण गरिएकोमा १३५ पुरुष र १९५ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरु सवैभन्दा धेरै मोरङका छन् । मन्त्रालयका अनुसार मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको छ।

त्यसैगरी विराटनगर महानगरपालिकामा ६९ महिला र ८१ पुरुष गरी १५० जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङको सुन्दरहरैंचामा १३ महिला र ८ पुरुष, कटहरीमा ७ महिला र १२ पुरुष, बुढीगंगामा १ महिला र ४ पुरुष, रंगेलीमा १ महिला र २ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा २८ महिला र २६ पुरुष, इटहरीमा ६ महिला र १२ पुरुष, इनरुवामा १ महिला र ४ पुरुष, रामधुनीमा २ महिला र २ पुरुष, बर्जुमा १ महिला र ३ पुरुष, दुहवी, भोक्राहानरसिंह र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेकमा १ महिला २ पुरुष, झापाको भद्रपुरमा १ महिला र ५ पुरुष, विर्तामोड र दमकमा ३–३ पुरुष, हल्दिबारीमा २ पुरुष, बा¥हदशी, अर्जुनधारा, बुद्धशान्तिमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १–१ पुरुष र प्रदेश १ बाहिरका २ महिला र ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म १ लाख २७ हजार ५ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यसैबीच मंगलबार थप ३२ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल संखुवासभाबाट ३० जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १ सय २२ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]