सप्तरी ,२० असाेज । डुम भएकै कारण सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउपालिका वडा न.६ जण्डाेलका सुधिर मरिक डुम उठिबास भएका छन । वर्सौदेखि ऐलानि जग्गामा घर बनाएर गुजारा गर्दै आएका सुधिर मरिकलाई पछिल्लोपटक स्थानियबासिहरुले घर समेत ताेडफाेड गरेपछि उनी उठिबास भएको हो । स्थानिय देवदत लेखी ,शिबदत लेखी ,फनिलाल लेखी ,भाेला लेखी ,घुरन चौधरी ,धुर्ब पाेडेल ,बन्दु
चौधरी लगायतकाब्यक्तिहरुले आफुले बनाएकाे घर ताेडफाेड गर्नुका साथे लाखौं रकम समेत लुटपाट गरेकाे पिडित मरिकले गुनासाे गरेका छन । मरिकले पुरानाे जग्गा बेचेकाे रु २ लाख रकम र एउटा सामसुङ माेबाइलसेट समेत लुटपाट गरेकाे पिडितले दिएको उजुरिमा उल्लेख गरिएको छ । आफुले स्थानिय एक ब्यक्तिकाे जग्गामा घर बनाउन लागेकाे अवस्थामा स्थानियबासिहरुले जवरजस्ति डुमलाइ यश बस्तीमा बस्न दिदैनै भनी आफ्नाे बनेकाे घर समेत ताेडफाेड गरि अहिले आफु बिस्थापित हुन पुगेकाे गुनासाे सन्चारकर्मिहरु समक्ष गरेका छन । यसैबिच आफु डुम भएकै कारणले आफुलाइ स्थानिय चौधरी समुदायले साे बस्तिमा बस्न नदिएकाे र बनेकाे घर समेत ताेडफाेड गरि रकम समेत लुटपाट गरेकाे आराेप लगाएका छन । यता पिडित मरिकले आफुमाथि अन्याय भएको भन्दै इलाका प्रहरी कार्यालय कन्चनपुरमा लिखित उजुरी समेत दिएको पिडित मरिकले बताएका छन ।