सप्तरी – नेपाल क्रेडिट एण्ड कमर्स( एनसीसी) बैंकलाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले स्पटिकरण मागेको छ ।
आइतवार उक्त कम्पनको अत्याधिक खरीद चाप देखिएकाले शेयर मूल्यलाई असर गर्ने कुनै पनि सूचना तथा निर्णय गरेको भएमा सो जानकारी तीन दिन भित्र उपलब्ध गराउन नेप्सेले निर्देशन दिएको हो ।आइतवार कम्पनीको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३६४ पुगेको हो ।