सप्तरी – प्रचण्ड–माधव पक्षले सोमबार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा अन्य दल र नागरिक समाजसँग समेत सहकार्य गरी संयुक्त आन्दोलनका कार्यक्रमहरुलाई अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।
माघ ९ गतेको जनप्रदर्शन भव्य रुपमा सम्पन्न भएको निश्कर्ष निकाल्दै भोलि अर्को चरणको संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय बैठकले गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।