१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

चितवन – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली चितवन आउने भएका छन् । प्रधानमन्त्री ओलीले नेकपा चितवनले आयोजना गर्ने बृहत जनसभामा सम्बोधनसँगै भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्रङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओली माघ १७ गते चितवन आउने हुन् । आज (आइतबार) भरतपुरमा नेकपा ओली पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमा जनसभाको बारेमा जानकारी दिइएको छ ।

सभामा चितवनका विभिन्न पालिकाबाट ५० हजार जनता सहभागी गराउने लक्ष्य राखिएको छ । दिउसो १२ बजेबाट आमसभा सुरु हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा सांसद दिलकुमारी रावल ‘पार्वती’ले पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री ओलीले आमसभामा सम्बोधन गर्ने बताइन ।

पत्रकार सम्मेलनमा बोल्दै उनले संघीय मन्त्रालयको कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले सिटी हल र सडक विस्तारको शिलान्यास गर्न लागेको बताइन् ।

संघीय सरकारको बजेटमा सघन सहरी विकास आयोजना अन्तरगत सिटी हल बन्न लागेको हो भने भौतिक योजना मन्त्रालय अन्तरगत पुल्चोक–गोन्द्रङ सडक विस्तार हुन लागेको हो ।

रावलले केन्द्रीय सरकारबाट विनियोजन भएका आयोजनाको शिलान्यास प्रधानमन्त्रीले गर्नुलाई अन्यथा लिन आवस्यक नरहेको बताइन । तीन वटै सरकारसँग समन्वयन गरेर सरकार अघि बढिरहेको बताउँदै उनले यसलाई कसैको प्रतिष्ठाको विषय बनाउन आवाश्यक नरहेको प्रष्ट पारिन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]