सप्तरी – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ५९ महिला र ९५ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ
पछिल्लो २४ घण्टामा नेपालमा उपत्यकाकासहित थप ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ८५८ स्वाब परीक्षण गर्दा १३३ महिला र २०६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म २० लाख ४८ हजार ११३ जनाको आरटी पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । जसमध्ये २ लाख ६४ हजार ५३८ जनाले कोरोना जितेका छन् । सोमबार थप ४०१ जना डिस्चार्ज भएका छन्। यो ९८.१ प्रतिशत हो।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ । सोमबार थप १० जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार २४० छ । यस्तै १३२ जना क्वारेन्टिनमा छन् भने ३ हजार २४० जना आइसोलेसनमा छन्।