सप्तरी – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा ८ फेब्रुअरीबाट महाअभियोगको सुनुवाई हुनेछ । तर प्रक्रिया आजबाट शुरु हुनेछ ।
सांसदको तल्लो सदनले महाअभियोगको कपी उच्च सदनमा पठाउनेछ ।यसपछि दुबै सदनले महाअभियोगको तयारी शुरु गर्नेछन् ।अमेरिकी इतिहासकै २३१ वर्षमा यो पहिलो पटक हो, जब एकै राष्ट्रपतिलाई पदमा रहँदै दुई पटक महाअभियोग सहनु परेको छ ।