१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – भरतपुर महानगरपालिका– २२ गर्बेटाँडीमा विपद् व्यवस्थापन बहुउद्देश्यीय हल निर्माण गरिएको छ । बाढीपीडितहरूको तत्काल उद्धार गर्न मिल्ने गरी नेपाली सेना बटुक दल गण कसराले उक्त भवनको निर्माण गरेको हो ।

हल उद्घाटन कार्यक्रममा बटुक दल गणका गणपती अरूण श्रेष्ठले नेपाली सेना नागरिकको आर्थिक, सामाजिक उत्थानको गतिविधिमा लागिरहेको बताउँदै नागरिक सैनिक सहकार्य र सम्बन्धलाई सुमधुर बनाउन थप कामहरू गर्दै जाने बताउनुभयो ।स्थानीय सरकारका प्रतिनिधीहरूसँग समन्वय र सहकार्य गरी १८ लाख रूपैयाँको लागतमा बहुउद्देश्यीय हल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । भवन सोमबार भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्दै वन्यजन्तुबाट हुने क्षति कम गर्न तथा विपद् न्यूनिकरणमा महानगरपालिकाले योजनावद्ध काम गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]