११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १३, २०७७

सप्तरी – बलिउड अभिनेत्री प्रियंका चोपडा हाल अमेरिकी गायक निक जोन्सका साथ विवाह गरेर अमेरिकामा बसोबास गरिरहेकी छिन्। प्रियंकाले बलिउडमा मात्र नभई हलिउड फिल्म उद्योगमा पनि तहल्का मच्चाइसकेकी छिन्।

हाल अमेरिकामा बस्दै आएकी प्रियंकाले कुनै बेला भारतीय मूलकी र कालो वर्णको भएकै कारण अमेरिकाबाट आफ्नो पढाइ नै छोडेर भारत फर्किनुपरेको थियो। प्रियंकाले हालै पीपल म्यागेजिनसँगको कुराकानीका क्रममा आफ्नो जिन्दगीसँग जोडिएका केही किस्सा शेयर गर्दै यो खुलासा गरेकी हुन्।प्रियंकाले आफू १३ वर्षको हुँदा अन्टीको साथ स्कुल पढ्नका लागि अमेरिका गएको र अमेरिका गएको ३ वर्षमै भारत फर्केर आउनुपरेको कारण खुलाउँदै भनेकी छिन्– ‘म अमेरिकाको स्कुलमा पढ्दा मेरोजस्तै उमेरका अमेरिकन केटीहरुले म काली भएका कारण मेरो मजाक उडाउने गर्थे। उनीहरु मलाई ब्राउनी तिमी आफ्नै देशमा फर्केर जाउ भन्ने गर्थे।यस कारण म नराम्रो महसुस गर्थें र मेरो आत्मविस्वास नै गुमेको थियो। वर्णको आधारमा मजाक उडाएका कारण मेरो स्वास्थ्यमा पनि असर गरेपछि मैले आफ्नो मातापिताको साथ भारत फर्किने निर्णय गरेकी थिएँ।’अमेरिकाको पढाइ छोडेर भारत फर्केकी प्रियंकाले भारतको मध्यप्रदेशको बरेलीस्थित आर्मी स्कुलबाट पढाइ पूरा गरेकी थिइन् पछि उनकी आमा मधु चोपडाले मिस इन्डिया वल्र्डका लागि उनको केही फोटो पठाएकी थिइन्।

मिस इन्डियामा सहाभागी प्रियंकाले सन् २००० मा मिस वल्र्डको उपाधि जितेपछि पछाडि फर्किनुपरेन। प्रियंकाले कुराकानीको सिलसिलामा भनेकी छिन्– ‘मलाई लाग्छ मेरो अमेरिका छोडेर भारत फर्किने निर्णय निकै राम्रो थियो। किनभने यसले गर्दा मैले आप्mनो आत्मविश्वास फेरि फर्काउन सफल भएँ। म यस कुरामा कुनै शहरलाई दोष दिन चाहन्न। मलाई लाग्छ त्यो बेला ती अमेरिकन केटीहरु मलाई दुःख दिनका लागि ममाथि त्यस्तो व्यवहार गर्ने गर्थे।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]