सप्तरी – घोषित मध्यावधि निर्वाचनको समर्थनमा नेकपा ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले बुटवलमा प्रदर्शन गरेको छ । बुटवलस्थित राजमार्ग चौराहाबाट युवा संघ लुम्बिनीले प्रदर्शन गर्दै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा अगुवा कार्यकर्ता भेला गरेको हो ।
भेलामा नेकपा ओली पक्षका लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरू महेश बस्नेत, लिला गिरी, रमेश पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । युवा संघको मोटरसाईकल र्यालीका कारण बुटवल बजारको ट्राफिक अस्तव्यस्त बनेको छ ।