१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १३, २०७७

सप्तरी – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय समितिको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा विरोध प्रदर्शन र विरोधसभाका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ । कांग्रेसले माघ १९ गते भातृ संस्थाहरूको आयोजनामा ७७ वटै जिल्लामा संयुक्त रूपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने भएको छ। माघ २४ गते शुभेच्छुक संस्थाहरूले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने र फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध माघ १२ गते राजधानीमा नागरिक समाजले गरेको प्रदर्शनमा सूरक्षा निकायले बल प्रयोग गरेको घटनाप्रति निन्दा र विरोध गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]