सप्तरी – गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले वेस्ट ब्रमलाई ५–० गोलले पराजित गरेको हो । खेलको छैटौ मिनेटमा म्यानचेस्टर सिटीका इल्केए गुन्डोगानले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको २०औं मिनेटमा जोआओ क्यान्सिलोले गोल गरी म्यानचेस्टर सिटीलाई अग्रता दोब्बर बनाए ।
त्यसपछि म्यानचेस्टर सिटीका लागि खेलको ३०औं मिनेटमा इल्केए गुन्डोगानले, पहिलो हाफको थप समयमा रियाद महारेजले र ५७औं मिनेटमा रहिम स्टर्लिङले गोल गरे । जितसँगै सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । सिटीले १९ खेलबाट ४१ अंक जोडेको छ ।