०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन २३, २०७७

सप्तरी,२३ असोज: नेपालगञ्जस्थित भेरी अस्पतालका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार विशेष अदालतमा १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ हिनामिना भएको दाबी गर्दै मुद्दा दायर गरेको हो।

अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरूणराज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिसनबापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा १६ लाख १३ हजार ९ सय स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको आरोपपत्रमा खुलाएको छ।

अनुसन्धानको क्रममा भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको मिलेमतोमा आर्थिक वर्ष ०७६/७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट जम्मा १६ लाख १३ हजार भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले उनीहरुसँग एक लाख ६६ हजार ५ सय मूल्य बराबरको मोबाइल तीन थान समेत जफत गर्न माग गरेको छ। बाँकी बिगो १ लाख ३२ हजार ५ सय ९५ असुल उपर गर्नुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख गरिएको छ।

त्यसै गरि अख्तियारले ११ वटा फर्मका सञ्चालकलाई पनि मुद्दा दायर गरेका छन । अख्तियारले ११ वटा फर्मका संचालकहरुलाई एक लाखदेखि २० हजारसम्म जरिवाना गर्न माग गरेका हुन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]