०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – प्रभु बैंकले चालु आ.व. को दोस्रो त्रैमाससम्म १ अर्ब ५१ करोड ८६ लाख रुपैंया बराबरको खुद नाफा कमाएको छ ।

बैंकले गत वर्ष सोही अवधिसम्म आउँदा १ अर्ब ८ करोड ५७ लाख खुद नाफा कमाएको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ३९.८७ प्रतिशतले बढी हो ।बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तिय विविरणले यस्तो देखाएको हो । विवरण अनुसार सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९८ लाख रुपैयाँ रहेको छ।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको १८ करोड ८२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो।

चुक्ता पूँजी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५ पैसाबाट बढेर २६ रुपैयाँ ७७ पैसा पुगेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा, मूल्य आम्दानी अनुपात १५.३२ गुणा छ ।पछिल्लो ६ महिनामा बैंकको निक्षेप २५.८५ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कर्जा २६.८२ प्रतिशत बढेर १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको बेस रेट ९.४५ प्रतिशतबाट ७.२४ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.८३ बाट ३.६४ प्रतिशतमा झरेको छ। जसको कर्जाको निक्षेप अनुपात ६६.४३ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]