१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा पूर्वराष्ट्रपतिको कार्यालय स्थापना गरेका छन् ।

फ्लोरिडाको पाल्म बिचमा मंगलबार उनले कार्यालय स्थापना गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘कार्यालयबाट ट्रम्पले पूर्वराष्ट्रपतिको रूपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरू सञ्चालन हुने’ उनका सहयोगीहरूले जनाएका छन् ।कार्यालयबाट पत्र तथा वक्तव्यहरू आदानप्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायत कार्य हुने पनि ट्रम्पका सहयोगीहरूको भनाइ छ । त्यसैगरी, ट्रम्प कार्यकालमा भए/गरेका कार्यहरूको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि कार्यालयबाट गतिविधिहरू सञ्चालन हुने जनाइएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले गरेका कार्यप्रति टिप्पणी गर्ने र त्यसविरुद्ध जनमत जुटाउने रणनीतिसमेत कार्यालयले अपनाउने अनुमान गरिएको छ । ‘राष्ट्रपति ट्रम्प सधैं अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उहाँलाई आफ्नो अभिभावक मानेका छन्,’ उनको नयाँ कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ ।

ट्रम्पको पछिल्लो कदम राष्ट्रपतीय निर्वाचनमा पुन: उम्मेदवार बन्न सक्ने विषयसँग जोडेर हेरिएको छ । यद्यपि, उनका सल्लाहकार तथा सहयोगीहरूले भने यसबारे प्रस्ट पारिसकेका छैनन् । जनवरी २० मा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि ट्रम्प मंगलबारसम्म मौन रहेका थिए । ह्वाइटहाउस छाड्न बाध्य भए पनि ट्रम्पले पूर्वराष्ट्रपतिका रूपमा सक्रिय र हस्तक्षेपकारी भूमिका खेल्ने अनुमान कतिपयको छ ।ट्रम्पले अमेरिकी संसद्‍मा भएको पछिल्लो हिंसात्मक घटनाको प्रशंसा गर्दै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेपछि सामाजिक सञ्जाल ट्वीटरले उनको खाता बन्द गरिदिएको थियो । राष्ट्रपतीय कार्यकालमा ट्रम्पले बारम्बार विवादास्पद ट्वीट गर्ने गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]