०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – फेसबुकले आफ्नो एपभित्र न्यूज ट्याब सुरु गरेको छ । अहिलेका लागि भने यो ट्याब बेलायतमा उपलब्ध भएको छ । बेलायतबाटठ संचालित मिडिया संस्थानहरु स्काइ न्यूज, फाइनान्सियल टाइम्स, द गार्डियन लगायतसँग सम्झौता गरेपछि फेसबुकले नयाँ फिचर सार्वजनिक गरेको हो । फेसबुकले आफ्नो यो ट्याबमार्फत सयौं राष्ट्रिय, स्थानीय र जीवनशैली आउटलेटका समाचार उपलब्ध हुने बताएको छ ।

स्काइ न्यूजका अनुसार फेसबुकले यी मिडिया संस्थानसँग सम्झौता गरेपछि अब ती मिडिया संस्थानका समाचारहरु फेसबुकमा देखिनेछन् र यसवापत ती मिडिया संस्थानले लाखौं पाउण्ड आम्दानी गर्न सक्ने बताइएको छ । यसअघि गुगल सर्चमा विभिन्न मिडिया संस्थानका शीर्षक र प्रिभ्यू देखिने तर ती संस्थानलाई गुगलले कुनै शुल्क नतिरेको भन्दै आलोचना भएको थियो । यससँगै स्पेनमा गुगललाई यो सुविधा रोकिएको छ र अस्ट्रेलियामा पनि यस विषयमा कारवाही अगाडि बढिसकेको छ । यसै पृष्ठभूमिमा फेसबुकले मिडिया संस्थानहरुलाई निश्चित रकम, ट्राफिक बुस्ट सेवा र इन्स्ट्यान्ट आर्टिकलमार्फत पैसा उपलब्ध गराउनेगरी यो नयाँ फिचर सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]