०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – आज बुधवारदेखि सरकारले नेपालमा सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान प्रारम्भ गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् ।

अभियान उद्घाटनलगत्तै नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले लगाएका छन् ।उनीसँगै डा‍.अनुप बाँस्तोला र डा.रुना झाले पनि कोरोना खोप लगाएका छन् ।यससँगै देशैभर कोरोना खोप अभियान सुरु भएको छ ।यता भौतिक रुपमा खोप अभियानको थालनी भएसंगै नेपाल टेलिकमले पनि आफ्नो कलर रिङ ब्याक टोन अर्थात सिआरबीटीमा परिवर्तन गरेको छ ।मंगलबार रातिसम्म चिसो मौसममा कोरोनाबाट बच्नु पर्ने सन्देश सुनिने सिआरबिटमा आजदेखि भने टेलिकमका कुनै पनि नेटवर्क कल गर्दा खोप अभियान प्रारम्भ भएको जानकारीसहितको सन्देश सुन्न सकिन्छ ।

सन्देशमा भनिएको छ– ‘नेपाल सरकारले कोरोनाको खोप ल्याइएको छ । यो खोप पहिला सफाइ तथा स्वास्थ्यकर्मी र क्रमश: सबै जनालाई प्राथमिकताका आधारमा निशुल्क लगाइन्छ । यो खोप लगाउनु अघि र लगाइ सकेपछि पनि मास्कको अनिवार्य प्रयोग गर्नु, कम्तिमा दुई मिटर दुरी कायम गर्नु र साबुन पानीले हात धुने व्यवहारलाई अनिवार्य पालना गर्नु अनिवार्य छ । नेपाल टेलिकम ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]