१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी – जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकामाथि पटक–पटक भएको यौन शोषणको घटनामा धनकुटा–६ का शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई अदालतले दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले शिक्षक अधिकारीलाई १८ बर्ष ६ महिना कैद तथा अत्री, श्रेष्ठ र मगरलाई १८ बर्ष कैद सजाय तोकेको छ । त्यस्तै चारै जनालाई जनही १ लाख ५० हजार क्षतिपूर्ति र २५ हजार जरिवाना तोकिएको छ । बलात्कृत बालिकालाई पढाउने शिक्षकसमेत भएकाले अधिकारीलाई संरक्षकका हिसावले अन्य व्यक्तिको तुलनामा थप ६ महिना कैद सजाय तोकिएको जिल्ला अदालतका श्रेस्तेदार राजन वास्तोलाले जानकारी दिए । ‘शिक्षक आफैमा संरक्षक पनि हो । शिक्षकले विद्यार्थीलाई संरक्षण गर्नुपर्ने दायित्व हुन्छ ।’ श्रेस्तेदार वास्तोलाले भने–‘संरक्षकबाटै यौन शोषण भएकाले शिक्षक अधिकारीलाई अन्यको भन्दा थप ६ महिना सजाय बढी तोकिएको हो ।’धनकुटा–६ स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ती बालिकामाथि लामो समयदेखि पटक–पटक यौन शोषण हुँदै आएको घटना गत जेठ पहिलो साता सार्वजनिक भएको थियो । सोही विद्यालयका शिक्षक अधिकारीसहित स्थानीय चार जनाबाट पटक–पटक यौन शोषणको सिकार भएकी बालिकाको पेटमा गर्भ रहेर पेट बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य खुलेको थियो । बालिकाले आफुलाई ललाई फकाई छ महिनायता विभिन्न ठाउँमा लगेर चार जनाले फरक–फरक समयमा पटक–पटक शारीरिक सम्पर्क राखेको बयान दिएकी थिइन् ।त्यसपछि पीडित बालिकाका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो । १८ बर्ष मुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क गरेपनि सम्पर्क गर्ने व्यक्तिबिरुद्ध जबरजस्ती करणी (बलात्कार) कसुर अन्र्तगत कारबाही हुने कानूनी व्यवस्था भएकाले प्रहरीले उनीहरु बिरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेको थियो ।

यता, नेकपा धनकुटाको प्रचार बिभागका उपाध्यक्षसमेत रहेका शिक्षक अधिकारीले आफु निर्दोश रहेको दावी गर्दै विज्ञप्ति समेत सार्वजनिक गरेका थिए । तर, अन्ततः अदालतले उनीहरु चारै जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । यसैबीच, यौन शोषणमा परेकी बालिकाले करिब तीन महिना पहिले नै बच्चासमेत जन्माएकी छन् । उनी अहिले बच्चासहित महिला पुर्नस्थापना सेवा केन्द्रको संरक्षणमा बस्दै आएकी छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]