सप्तरी – चिनियाँ शर्ट भिडियो सेयरिङ एप टिकटकले भारतमा कर्मचारीको संख्या घटाएको छ । भारतीय सरकारले एपमाथि प्रतिबन्ध लगाएको लामो समयपछि टिकटकले बुधवार भारतीय व्यवसायमा कर्मचारी कटौती गरेको हो ।
भारत टिकटकको लागि महत्वपूर्ण बजारमध्ये एक थियो । तर, गत जुनमा त्यहाँको सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय हित विरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै टिकटकसमेत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता एपमाथि प्रतिबन्ध यथावत् छ । एप सञ्चालनमा नरहेको अवस्थामा सबै कर्मचारीलाई काममा राख्न नसकिएको टिकटकले जनाएको छ । भारतमा महत्त्वपूर्ण भूमिकामा रहेका केही पदमा मात्रै कर्मचारी राखिएको कम्पनीको भनाइ छ ।