सप्तरी – अमेरिकाको जर्जियामा एउटा खाद्य प्रशोधन केन्द्रमा तरल नाइट्रोजन चुहिँदा कम्तीमा ६ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। अन्य १२ जनालाई अस्पतालमा भर्ना गरिएको छ।
बिहान सबा १० बजेतिर हल काउन्टी र गिन्सभिलको अग्नी नियन्त्रक टोली घटनास्थलमा पुग्दा त्यहाँ कामदारलाई बाहिर निकालिएको थियो भने घटनास्थलमा नै ५ जनाको मृत्यु भएको थियो। एकजनाको मृत्यु नर्थइस्ट जर्जिया हेल्थ सिस्टम अस्पतालमा भएको हो।
४ जना अग्नीनियन्त्रकहरुलाई पनि श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा भर्ना भएकामध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। एकजनालाई इमर्जेन्सीमा र ५ जनालाई सामान्य वार्डमा भर्ना गरिएको छ।