सप्तरी – सिभिल बैंक लिमिटेडले फागुन ९ गते आइतवार १०औं वार्षिक साधारणसभा गर्ने भएको छ ।
सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट बैंकको प्रधान कार्यालयबाट विहान ११ बजे सभा आयोजना गर्ने निर्णय भएको हो । उक्त कुराको निर्णय बैंक सञ्चालक समितिको माघ १५ गते बिहीबार बसेको बैठकले गरेको हो ।उक्त सभाले चुक्तापूँजीको ०.४२ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ ।
त्यस्तै साधारणसभा प्रयोजनका लागि बैंकको शेयर दाखिल खारेज (बुक क्लो) माघ २३ गते एक दिन बन्द रहने छ ।