सप्तरी – भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ कुपण्डोलमा घर बनाउँदै गर्दा दोस्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । लडेर घाइते भएका काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ का ४० वर्षीय प्रेम मगरको उपचारको क्रममा मृत्यु भएको हो ।
शनिवार उनी लडेर घाइते भएको उनको मध्यपुर ठिमी अस्पताल भइरहेको थियो । उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएको हो । ठाकुर अधिकारीको बनाउँदै गरेको घरबाट लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।