१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १६, २०७७

सप्तरी – सरकारले कोभिड १९ संक्रमण रोक्न बन्द गरेका सीमानाका खुला गरेको छ।

गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको हो। मन्त्रिपरिषद्को बैठकले निर्णय अनुसार मन्त्रालयले पत्रचार गरेको हो। नेपालले गएको चैत पहिलो साताबाट भारतसँगको नाका केही नाका बन्द गर्ने निर्णय गरेको थियो। पछि भारतबाट हवाइ तथा अरु बाँकी स्थल नाका पनि बन्द गरिएको थियो।पछिल्लो पटक सरकारले भारत र चीनसँग जोडिएका ३० वटा नाका खुल्ला गर्न निर्देशन दिएको हो। जसमा भारतसँग सीमा जोडिएका २८ वटा र चीनसँगका २ वटा नाका रहेका छन्।’बिहीवारदेखि नै नाकाहरु खुल्ला गर्न निर्देशन भइसकेको छ। अब केही शर्तहरु पालना गरेर नाकाबाट आवतजावत गर्न सकिने छ,’ गृह मन्त्रालयका प्रवक्ता चन्द्रबहादुर बुढाले भने।यसरी नाकाबाट आउनका लागि नेपालीको हकमा भने आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र आउने व्यवस्था मिलाइएको छ। स्वास्थ्य चेक गर्दा केही लक्षण देखिएमा उनीहरुलाई क्वारेन्टाइनमा राखिने प्रवक्ता बुढाले जानकारी दिए।

भारतीय नागरिकको हकमा भने गृह मन्त्रालयसँग समन्वय गरेरमात्र नेपाल छिर्न दिन जनाइएको छ। ‘भारतीय र विदेशीको हकमा भने स्वकृति लिनुपर्नेहुन्छ,’ प्रवक्ता बुढाले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]