२१ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १९, २०७७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पशुपतिमा १ अर्ब रुपैयाँको जलारी चढाउने सरकारको निर्णयको आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै अध्यक्ष लोहनीले जलारी चढाउनुको सट्टा गरिब विद्यार्थीका लागि विश्व विद्यालय खोल्न सुझाव दिएका हुन् ।

बाबा पशुपतिनाथ विश्वविद्यालय खोलेर सातै प्रदेशका गरिब, जेहेनदार तथा आरक्षण समूहका विद्यार्थीहरुलाई उच्च शिक्षाको व्यवस्था गर्नु पशुपतिमा जलारी चढाउनु भन्दा बढी उत्तम हुने लोहनीले बताएका छन् ।‘एक अर्ब खर्च गरेर पशुपतिनाथमा सुनको जलारी राख्ने सरकारी लक्ष्य पढियो । मेरो सल्लाह छ : बाबा भोलेनाथप्रति भक्ति र समर्पण गर्न त्यो पैसाबाट बाबा पशुपतिनाथ विश्वविद्यालय खोल्ने तरखर गर्नुस्,” लोहनीले लेखेका छन्, “यो विश्वविद्यालयमा पशुपतिनाथमा भक्तजनहरुले चढाएको भेटीबाट देशको सातै प्रदेशबाट छानिएका गरिब, जेहनदार र विभिन्न जातीय समूहका विद्यार्थीहरुलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्नुस् यो नै बाबा भोलेनाथप्रति सच्चा भक्ति हुनेछ ।”

सरकारले पशुपतिमा शिवको मूर्तिमा एक सय ४१ किलोको सुनको जलारी राख्ने तयारी गरेको छ । मौलिक, पुरातात्विक र सांस्कृतिक मूल्यविपरीत महादेवलाई सुनको जलारी चढाउन खोजिएको भन्दै संस्कृतविद्हरूले समेत सो निर्णयकोे विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]