सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहको केन्द्रीय समितिको बैठक बस्दैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आज मध्यान्ह बैठक बस्न लागेको हो ।
माघ २८ गतेको बृहत् प्रदर्शनको तयारी र अन्य जिल्लागत प्रदर्शनहरुको बारेमा छलफलका लागि बैठक डाकिएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
बैठकका लागि एजेण्डा नै तय नभएपनि समसामयिक विषयमा छलफल गर्ने र सरकार विरोधी आन्दोलनको रणनीति बनाउनका लागि बैठक डाकिएको ती सदस्यले जानकारी दिए ।