०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

भारतमा एक विश्वविद्यालयले ३६ हजार नक्कली डिग्री बेचेको खुलेको छ। हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजारमात्र सक्कली रहेको अनुसन्धानमा देखिएको छ।

मानव भारतीय च्यारिटिबल ट्रस्टले चलाएको उक्त विश्वविद्यालयका ५५ वटा हार्ड डिक्समध्ये प्रहरीले अहिलेसम्म १४ वटामात्र अनुसन्धान गरेको छ। बाँकी हार्ड डिस्कको पनि अनुसन्धान गरे अझै धेरै नक्कली डिग्री फेला पर्ने अनुमान गरिएको छ।यो विश्वविद्यालय राजकुमार रानाले चलाएका हुन्। उनी ट्रस्टका अध्यक्ष छन्। उनको पासपोर्ट फिर्ता गरिएको छ भने अष्ट्रेलियामा रहेका उनकि पत्नी र छोराछोरीलाई पनि भारत झिकाउने प्रक्रिया सुरू गरिको छ। राजकुमारको परिवारले नक्कली डिग्री बेचेर १ सय ९४ करोड भारू कमाएको प्रहरीको अनुमान छ। प्रहरीले यो भारतीय इतिहासमा शिक्षा क्षेत्रबाट भएको सबैभन्दा ठूलो मुद्रा निर्मलीकरण भएको बताएको छ।

राना परिवारले सन् २००९मा हिमाञ्चल र २०१३ मा हरियाणामा विश्वविद्यालय खोलेको थियो। उक्त विश्वविद्यालयविरूद्ध नक्कली डिग्री दिएका अरू उजुरी पनि प्रहरीमा दर्ता भएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]