काठमाडौं । संवैधानिक परिषद्को बैठक बुधबार बोलाइएको छ ।
साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएकाे छ ।पहिलो एजेण्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेण्डामा विविध उल्लेख गरिएको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको उनका सहयोगी भानु देउवाले बताएका छन् ।