सप्तरी- सप्तरीमा आइतबार बिहान थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका वार्ड नम्बर ७ ललितपुर पुर्ख्यौलीघर भइ हाल राजविराज वार्ड नम्बर ६ सिरहारोड निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । कोरोना संक्रमित पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएकी उनलाई आजै बिहान स्वासप्रश्वास समस्या देखिएपछि राजविराज स्थित छिन्नमस्ता अस्पताल पु¥याएको केही क्षणमै मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो ।
पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत २० गते कोरोना रिपोर्ट पोजेटिभ आएको राजविराज वार्ड नम्बर ६ का अध्यक्ष प्रेम यादवले मृतक महिला लामो समयदेखि मधुमेह, ब्लड प्रेशरबाट पीडित रहदै आएको जानकारी दिनुभयो ।यसेबिच मृतक महिलाको शब कोशी ब्यारेज स्थित कोशी नदीमा व्यवस्थापन गरेको परिवारजनले बताएका छन । याेसँगै सप्तरीमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या तीन महिलासहित २० पुगेको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।