१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

डोटी : डोटीमा कोभिड खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयं सेविकाको उपस्थिति उत्साहजन रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । डोटीमा सोमबारसम्म आठ सय ७७ जनाले कोभिड खोप लगाएका छन् ।

खोप लागाउनेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको बताइएको छ । जसमा महिला पाँच सय ३२ रहेका छन् भने पुरुषहरु तीन सय ४५ रहेका छन् । बुधबारदेखि सुरु भएको कोभिड खोप अभियानमा जिल्लाभरीबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तह अनुसार पालैपालो आइरहेका स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । खोप अभियान जिल्ला अस्पताल परिसरमा संचालन भइरहेको छ ।डोटीमा जम्मा १६ सय २० डोज भ्याक्सीन आएको मलासीले बताए । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालक लगायत जिल्लामा जम्मा १५ सय २६ जनालाई खोप लगाउने लक्ष्य लिएको मलासीले जनाए ।सोमबारसम्म खोप लगाउने निर्णय भएपनि त्यो समय बढाएर माघ २२ गतेसम्म राखिएको छ । खोप लगाउन अझै केहि संख्यामा बाँकी रहेकाले कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णय अनुसार केही दिन समय बढाएको मलासीले बताए ।

३३ जनामा असर :
डोटीमा कोभिड खोप लगाउनेहरुमा ३३ जनालाई सामान्य केहि असर देखिएको मलासीले जानकारी दिए ।खोप लगाउने जम्मा आठ सय ७७ जनामध्ये ३३ जनालाई असर देखिएको हो । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्ने लगायतका समस्या देखिएको बताइएको छ । केही समयमात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ-आफ्नो नियमित काममा फर्किसकिएको पाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]